बालिका माथि एसिड प्रहार गर्नेलाइ कारवाहीको मांग गर्दै सदरमुकाम गौरमा प्रदर्शन

रौतहट , भदौ ३०
रौतहट सदरमुकाम गौरमा युवाहरुको समुहले आइतवार बिरोध प्रदर्शन गरेको छ l रौतहट जिलाको चन्द्रनिगाहपुरमा २ जना किशोरी माथि गरिएको तेजाब आक्रमणको दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै युवाहरुले बिरोध प्रदर्शन गरेका हुन् l युवाहरुको समुहले तेजाब आक्रमणमा परि घाइते भएकी सम्झना दिदि बहिनीको उपचार ब्यब्श्था मिलाउन सरकार संग मांग समेत गरेको छ l प्रदर्शनको क्रममा युवाहरुको साथै पत्रकार , नागरिक समाज , बिभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो l प्रदर्शनमा अधिकारकर्मी धर्मेन्द्र कुमार साह , दिनेश संगम , चंचल झा, नविन सिंह लगायतका हरुको सहभागिता रहेको थियो l प्रदर्शनमा ग्रामिण बिकाश केन्द्र ( आर डी सी ) नेपाल को समेत सहभागिता रहेको थियो l
चार दिन अघि तेजाब आक्रमणमा परि घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका ६ का दिदीबहिनीको उपचारार्थ समस्या भएको छ l आर्थिक अभावमा उनीहरुको उपचारमा समस्या भएको पारिवारिक स्रोतले जनाएको छ l काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना रहेकी दिदि बहिनीको उपचारको लागि भन्दै केहि सहयोग जुट्न थाल्दापनि त्यो पर्याप्त हुन् सकेको छैन । तेजाब आक्रमणबाट गम्भीर घाइते १८ वर्षीया दिदी सम्झना दास र १५ वर्षीया बहिनी सुस्मिता दासको उपचारका लागि ठाउं ठाउं मा चन्दा उठाउन सुरु गरिएको छ ।
घाइते दिदीबहिनीहरुको काठमाडौं किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सम्झनाको अवस्था गम्भीर छ । उनको सघन उपचार कक्षामा उपचार भइरहेको छ । उनको टाउको र अनुहारको धेरै बाहिरी भाग तेजाबले जलेको छ ।
तेजाबले देब्रे हातको बाहिरी भाग जलेकी बहिनी सुस्मिता (१५)लाई भने वार्डमा राखि उपचार गरिरहिएको छ ।बै दिदीबहिनीलाई यही मंगलबार घरमा सुतिराखेको अवस्थामा मध्य रातमा अपरचित व्यक्तिले तेजाब छार्किएका थिए ।
बहिनीको दाईने हात, गालामा तेजाब परेको थियो । दिदीको भने टाउको, छातिमा तेजाब परेको थियो । घटनामा संलग्नको खोजी कार्य तिव्र भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले महिला खबरलाई जानकारी दिए ।

Recommended For You

Leave a Reply