कटुवा पेस्तोल सहित रौतहटमा दुई जना पक्राउ

चञ्चल कुमार झा रौतहट । अशोज १

रौतहट जिल्लाको उत्तरी भेगबाट एक थान हथियार सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरिया चौकमा चेक जाँच गर्ने क्रममा प्लाष्टिकको झोला भित्र लुकाएर लगि रहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको प्रहरी टोलीले ना १६ प ६७५२ नम्बरको कालो रंगको सुपर स्पेलन्डरमा सवार वृन्दावन नगरपालिका वडा नम्बर १ विश्रामपुर बस्ने ३० वर्षिय दोजेलाल राउत र पछाडी बसेका सोही नपाका वडा नम्बर २ निवासी १८ वर्षिय संतोष पटेललाई चेक जाँच गर्दा संतोष पटेलको साथबाट टोटावाला १ फिट ४ ईंचको लामो फलामको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए । पेस्तौल सहित पक्राउ परेका दुबै जना सहित मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसंधान भइ रहेको मरासिनीले बताए ।

Recommended For You

Leave a Reply