चाडपर्वलाई लक्षित गरि रौतहट प्रहरीको विशेष सुरक्षा योजना

रामविश्वास मुखिया रौतहट । अशोज १

नजिकिदै जाँदा चाडपर्वलाई मध्ये नजर गर्दै रौतहट प्रहरीले विशेष योजना ल्याउने भएको छ । चाडपर्वमा हुन सक्ने विभिन्न किसिमका अपराधिक गतिविधिलाई रोक्नको लागि रौतहट प्रहरीले विशेष सुरक्षा योजना लागु गर्ने निणृय गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए । जिल्लाको सदरमुकाममा केहि दिन देखि बढ्दै गएको चोरी जस्ता घटनाहरुलाई मध्ये नजर गरि नगरको विभिन्न चौकमा प्रहरी गस्ती राख्ने प्रहरीको योजनामा रहेको छ । गौर नगरपालिका देखि अदालत चौक, ट्रान्सफरमर चौक देखि भन्सार चौक लगायतका विभिन्न चौकमा प्रहरी गस्ती हुने भएको छ । यसै गरि भारतिय बजारबाट सिमानाका हुदै हुने गरेको चोरी निकासी पैठारीलाई नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गर्ने तथा विशेष चेक जाँचको व्यवस्था मिलाईएको डिएसपी मरासिनीले बताए । साथै ग्रामिण क्षेत्रको सुरक्षाको लागि आजै बाट ग्रामिण गस्ती एल आर पी परिचालन गरिएको छ ।

Recommended For You

Leave a Reply