मेयर सन्तोष मेहताद्वारा फलामे पूलको उद्घाटन

रौतहट , अशोज १
इश्नाथ नगरपालिकाका मेयर सन्तोष मेहताले वार्ड नम्बर ३ मा फलामे पूलको उद्घाटन गर्नुभएको छ l इश्नाथ नगरपालिकाको २ लाखको लागतमा बनेको सो पूल उद्घाटन भए संगै औरियाको पिपरा टोल र बैरिया बिचको आवतजावत सहज हुने भएको छ l इश्नाथ नगरपालिकाको वार्ड नम्बर ३ मा पर्ने पिपरा टोल नज्दिकै भएर बग्ने भकुवा खोलामा पूल बन्ने पछि सो क्षेत्रका स्थानीयवासी खुशी हुनु भएको हो l सोमबार एक कार्यक्रमको बीच नगर प्रमुख मेयर मेहताले सो पूलको उद्घाटन गर्नु भएको हो l पोल उद्घाटनको क्रममा उपमेयर हुसने आरा , वार्ड अध्यक्ष कैलाश राउत लगायतका हरुको सहभागिता रहेको थियो l पूल नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान बाट निर्माण भएको हो l पूलको निर्माण संगै इश्नाथ नगरपालिकाको पिपरा र राजपुर नगरपालिकाको बैरिया बिचको अबगमन सहज बनेको हो l

Recommended For You

Leave a Reply