संबिधान बिरुद्ध रौतहटमा रा ज पा को प्रदर्शन

,रौतहट, ०३ असोज ।
नेपालको संबिधान प्रति असहमति जनाउदै आएका राष्ट्रिय जनता पार्टी नेपालले बुधवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ l संबिधान जारि भएको दिन अशोज ३ गते कालो दिवस मनाउने
पुर्ब घोषित कार्यक्रम अनुसार रा ज पा ले बिरोध प्रदर्शन गरेको हो l सदरमुकाम गौरमा राजपा नेपाल रौतहटले संविधान दिवसलाई विरोध गर्दै “कालो दिवस्” मनाएको हो ।
रौतहटको केही स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरुले आज सदरमुकाम गौरलाई नगर परिक्रममा गरी मधेशी क्रान्ति चौकमा कोण परिणत गरेको हो ।
नेपालको संविधान २०७२ जारी भएका असोज ३ गते धुमधामका साथ मनाउने तयारी संघीय सरकारले गरिरहेका बेला राजपाले कालो दिनको रुपमा बनाएर कालो दिवस मनाएका छ्न ।
राजपाका केन्द्रीय अध्यक्ष मण्डलकोे बैठकले मधेसका जिल्लामा मात्र सिमित नभई अन्य प्रदेशमा पनि संविधान दिवसको दिन विरोधका कार्यक्रमहरु गरिएको छ । रौतहटमा भएको बिरुध प्रदर्शन पछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै प्रदेश नम्बर २ का राज्य मन्त्रि सुरेश मण्डलले संबिधानमा आफुहरुको व्यापक अशन्तुष्टी रहेकोले संबिधान संसोधन नभए सम्म आफुहरुले कालो दिन मनै रहने बताउनु भएको छ l
सो बिरोध रैलीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्ला कार्य समिति रौतहटका हजारौं हजारको संख्यामा नेता तथा कर्याकर्ताहरुको सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply