संबिधान संशोधन नभए सम्म काला दिनकै रुपमा मनाउने बिधायक साहको भनाइ

। अमित ठाकुर।रौतहट।असोज ०३

रौतहट जिल्लाको सदरमुकाम गौरमा राजपा नेपालका कार्यकर्ताहरुले अाज भब्यताका साथ संबिधान दिवसका दिन कालो दिन मनाएका छन मनाएका छन। नेपालको संविधान २०७२ जारी भएका असोज ३ गते धुमधामका साथ मनाउने तयारी संघीय सरकारले गरिरहेका बेला राजपाले कालो दिन भन्दै अा-अाफ्नो हाँथमा कालो पट्टी बाँधी कालो दिवस मनाएका छ्न । राजपाका केन्द्रीय अध्यक्ष मण्डलकोे बैठकले मधेसका जिल्लामा मात्र सिमित नभई अन्य प्रदेशमा पनि संविधान दिवसको दिन विरोधका कार्यक्रमहरु तय गरिएको थियोे । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जिल्लामा परिपत्र जारी गरी असोज ३ गते विरोध प्रर्दशनका साथै साँझ सात बजेदेखि सवा सात बजेसम्म बत्ति निभाएर ‘ब्ल्याक आउट’ डे मनाउने निर्देशन दिइएको थियोे । राजपा नेपालले तीनै तहको निर्वाचनमा सहभागी भई प्रदेश २ को सरकारको नेतृत्व समेत गर्दागर्दै पनि संबिधान दिवसका दिन कालो दिननै मनाउँदै अाईरहेका छन। तर, राजपाले जनताको भावना अनुरुप संविधान संशोधन होस् भन्ने अभिप्रायले नै विरोधको कार्यक्रमलाई परिवर्तित गरि सत्ताबाट पनि दबाब सिर्जना गरिराखेको राजपा नेपालबाट निर्वाचित भएका प्रदेश नंबर २ का बिधायक बाबुलाल साहले जनाएको छ। बिधायक साहले भने यो संबिधान मधेश बिरोधि संविधान हो। यो संबिधानलाई मधेशी जन्ताले अस्विकार गरेका छन। जब सम्म यो संबिधान मधेसीका चाहाना अनुसार संशोधन हुदैन तब सम्म हामीले यो संबिधान मान्ने छैनौं। संविधान दिवसको दिन हामीले काला दिनकै रुपमा मनाउने छौं । सो बिरोध रैलीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्ला कार्य समिति रौतहटका नेता तथा कर्याकर्ताहरुको सहभागिताको साथ-साथै गौर नगरपालिकाका मेयर अजय गुप्ता,उपमेयर किरण ठाकुर,प्रवक्ता शेख जमशैद,केन्द्रीय सदस्य मंसारुल हक, महिला नेत्री बिणा कुशवाहा सहित हजारौं कार्यकर्ताहरुको उपस्थिति रहेका थिए।

Recommended For You

Leave a Reply