देशभरि संविधानको बिरोध भैरहदा रौतहटमा संबिधान जलाइयो

रौतहट , अशोज ३
देश भरि संबिधान दिवसको बिरोध भैरहदा रौतहटमा संबिधान जलाइएको छ l मधेशवादी अभियन्ता ललित मल्लिक शानुको पहलमा बुधवार गौरको मधेशी क्रान्ति चौकमा संबिधानको प्रतिलिपि जलाएको हो l संबिधानमा मधेशी , उत्पीडित , जनजाति , आदिवासीको अधिकार कटौती गरेको र यो संविधानले मधेशीलाई दोस्रो दर्जाको नागरिक बनाएको भन्दै युवा नेता ललित मालिक “शानु” नेत्रित्वाको टोलीले संबिधान जलाएको हो l युवा अभियानी ललित मालिक तराई मधेश राष्ट्रिय अभियानका नेता समेत हुन् l बिगत लामो समय देखि मधेश आन्दोलनमा लागेका नेता मलिक संबिधान जलाएपछि पुनः चर्चामा आउनु भएको व्ह्ह l संबिधान बनेको तेस्रो बर्षमा पुगिसक्दा समेत यो संबिधान प्रतिको बिरोध कायमै रहेको छ l रौतहट सहित तराई मधेशका जिल्लाहरुमा संविधानको बिरोधमा प्रदर्शनहरु र ब्लक आउट भैरहदा पनि अन्य कहिपनि संबिधान जलाइएको खबर छैन l यता नेता ललित मल्लिक शानुले संबिधान पुनर्लेखनको बिकल्प नरहेकोले आफुहरु संबिधान जलाएको बताउनु भएको छ l यता बुधबार नै सदरमुकाम गौर बाट स्वतन्त्र मधेश गठबन्धनका करिब ३२ कार्यकर्तालाइ प्रहरीले नियन्त्रण मा लिएको छ l

Recommended For You

Leave a Reply