सवारीसाधन बन्दको तेस्रो दिन जनजिवन अझ कष्टकर बन्दै सरकार मौन

अमित ठाकुर।रौतहट

असोज ०४

नेपालका चालकहरुले अवाहण गरेको अनिश्चितकालीन सवारी बन्दीको अाज तेस्रो दिन पुगेका छन।सवारीसाधन बन्दले रौतहट सहित देशभरीका जनजीवन अझ प्रभावित बन्दै गईरहेका छन । चालकहरुले सवारी नचलेका कारण यात्रुहरु अा-अाफ्नो ठाउँमा अोहरदोहर गर्न न पाई रहदा अहिले अलपत्रमा परेका छन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आव्हान गरि देशभरिका चालकहरु असोज २ गते देखि गाडी नचलाई अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन ।गत भाद्र १ गते देखि देशमा जारी भएको नयाँ कानुनमा चालक अपराधी सरह ब्यावहार गरेको भन्दै चालकहरुले असोज २ गतेदेखि सवारी साधन नचलाई अान्दोलनमा उत्रेका छन। सवारीसाधन बन्दको अाज तेस्रो दिन पुगि सक्दा पनि सरकार पछले अान्दोलनरत चालकहरुलाई अाशवासन पनि दिन सकेका छैन।टेम्पो समेत न चलेको कारण यात्रुहरु बाध्य भई टाङ्गा र रिक्सामा सवारी गरिरहेका छन। लागू भएको नयाँ ऐन कानुन अनुसार सवारी साधनको दुर्घटनामा ज्यान गएमा चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था गरेसँगै चालकहरु आक्रोशित भई अान्दोलन उत्रिएका छन । बन्दका कारण गौर सहित तराईका भु-भागमा चल्ने लामा तथा छोटो दुरिका सवारीसाधन असोज २ गतेदेखि यातायात थप गरि चालकहरु अान्दोलनमा उत्रिएका छन। केही चालकले बल जबरजस्ती गरि सवारी चलाई रहदा अान्दोलनरत चालकहरु बिरोध गरि नचालउन आग्रह समेत गरिरहेका छन। चालकहरुको बन्दका कारण यात्रुहरु रिक्सा टाँगा बाट बढी भाडा दिएर रौतहटको विभिन्न ठाउँमा आवत जावत गरिरहेका छन। तीन दिन देखि सवारी बन्दले गर्दा सरकार पछ मुखदर्शक बनी बसेका छन। चालकहरुको माग छिटोभन्दा छिटो सम्बोधन गरि सहज रुपमा सवारी चलाउन दिन स्थानीयहरुले आग्रह समेत गर्दै अाईरहेका छन।

Recommended For You

Leave a Reply