भोलिदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने यातायात व्यवसायीको निर्णय

काठमाडौं–सरकारको निर्णय अटेर गरी अग्रिम टिकट विक्री खुल्ला नगरेका यातायात व्यवसायीले भोलिदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने भएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको वैठकले असोज ९ गतेदेखि अग्रिम टिकट विक्री खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि इन्धनको मूल्यमा वृद्धि भएसँगै यातायात व्यवसायीले मूल्य नघटेसम्म अग्रिम टिकट विक्री नगर्ने अडान लिएका थिए ।

त्यसलगत्तै शनिबार साँझ सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो ।

त्यसपछि सोमबार महासंघको आकस्मिक बैठक बसी अग्रिम टिकट विक्री खुल्ला गर्ने निर्णय भएको हो ।

महासंघका महासचिव सरोज सिटौलाका अनुसार अब असोज ९ गतेदेखि नै अग्रिम टिकट विक्री खुल्ला हुने छ । यात्रुले बसपार्क लगायत अन्य टिकट काउण्टरबाट टिकट किन्न सक्नेछन् ।

Recommended For You

Leave a Reply