सन्दीपले केरला किंग्सबाट १० ओभरको क्रिकेट खेल्ने

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टि-१० लिग क्रिकेट खेल्ने भएका छन्।

गत वर्षदेखि सुरू भएको यो लिगको दोस्रो संस्करणका लागि उनी साविक विजेता केरला किंग्समा अनुबन्धित भएका छन्।

सन्दीपको टिममा इंग्ल्याण्डका इयोन मोर्गन कप्तान छन् भने क्रिस गेल, किरन पोलार्ड पनि यही टिममा छन्।

प्रतियोगितामा केरलासँगै मार्था अरेबियन, पाख्तुन टिम, पञ्जाब लेजेन्ड्स, कराँची, बंगाल टाइगर्स, नर्थन वारियर्स र राजपुत टिमले प्रतिष्पर्धा गर्नेछन्।

Recommended For You

Leave a Reply