कार्यकर्ता प्रशिक्षणमा फोरम नेपाल ,गरुडामा कार्यकर्ता भेला सम्पन्न

रौतहट , अशोज ९

संघिय समाजवादी फोरम नेपाल रौतहटले जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ l रौतहटको मध्य बजार गरुडामा मंगलबार प्रदेश नं.२ स्तरिय सो भेलाको उद्घाटन भएको हो l प्रशिक्षकको रुपमा संघिय समाजवादी फोरम नेपालका नेताहरु प्रदेश सांसद एवं अर्थ राज्यमन्त्री उषा यादव र प्रदेश सांसद राम अषिस यादवले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
भेलामा पार्टीको संग्ठन विस्तार, पार्टी सरकारमा गएपछि जनताको मनमा र समुदायमा आएको उतावचढाव, पार्टीलाई अझ कसरी बलियो बनाउने बारे समिक्षा भएकोफोरम नेपाल को जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले जानकारी दिनु भएको छ l गरुडाको प्रशिक्षण भेलामा आज क्षेत्र नं.३ र ४ का उच्च स्तरिय नेता कार्यकर्ता उपस्थित रहेको र भोलि बुधबार क्षेत्र नं. १ र २ को नेता कार्यकर्ताको लागि गौरमा प्रशिक्षण कार्यक्रम हुने पार्टी स्रोतले जनाएको छ । प्रशिक्षण कार्यक्रममा प्रदेश सांसद अब्बदुल कलाम अजाद, रौतहट देवाही गोनाही नपाका मेयर धर्मेन्द्र पटेल, गरुडाका मेयर ईनु राय यादव, पार्टीका केन्द्रिय सदस्य बृज किशोर यादव, रेवनत झा सहित सयकडौं संख्यामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधी र कार्यकर्ता उपस्थित रहेका थिए ।

Recommended For You

Leave a Reply