
अमित ठाकुर।रौतहट
असोज १०। दशैं तिहार अाउँदा रौतहटमा मोटरसाइकल चोरी बढ्दै गएका छन।सदरमुकाममा अाज दिउँसो मोटरसाइकल चौरी गर्दागर्दै २ चोरलाई प्रहरीले समातेका छन।सदरमुकाममा मोटरसाइकल चोरी हुदा प्रहरी संगठन माथि प्रशन उठ्न थालेका छन।जिल्ला अदालत गौरको बायाँ तर्फको बाटोमा एक सेवाग्राहीले BR30H9236 नंबरको गलैम्बर मोटरसाइकल लगाई अाफ्नो कार्यमा ब्यस्त रहदा चोरहरुको समुहले चोरी गरिरहेको समयमा प्रहरीले पक्राउ गरेका छन।पक्राउ परेका चपुर नगरपालिकाका अनिल गोसाइँ र सोही नगरपालिकाका स्वर्ग साह रहेको प्रहरीले जनाएको छ। सो ठाउँमा ६ वडा मोटरसाइकल रहदा चोरहरुको समुहले सबै मोटरसाइकलमा साँचो लगाई रहदा अन्तयको मोटरसाइकल चालू हुदा मोटरसाइकल स्टार्ट गर्ने क्रममा प्रहरीले पक्राउ गरेका छन। यस बिषयमा थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक केदार ढकालले जनाएको छ।