क्षतिपुर्तिका लागि गाउँपालिकालाई पिडितले बुझाए ज्ञापन

चञ्चल झा रौतहट ,अशोज ११

महाविनासकारी बाढी आएको १ वर्ष भन्दा बढी भईसकेको र विनासकारी हवाहुरीसंगै आएको असिना आएको ६ महिना कटि सक्दा पनि पिडितहरुले अहिले सम्म क्षतिपुर्ति पाएको छैन् । २०७४ साउन २८ गते आएको महाविनासकारी बाढी र २०७४ चैत्र १६ गते विनासकारी हवाहुरीसंगै आएको असिनाबाट पिडितहरुले अहिले सम्म क्षतिपुर्ति पाएको छैन् । जनतालाई गाउँ गाउँमा सिंहदरवारको अनुभुति गराउन ल्याईएको स्थानिय सरकारको नितिले जनतालाई त्यसको अनुभुति गराउन सकेको छैन् । स्थानिय निकायको चुनाव भएको एक वर्ष वितिसक्दा पनि जनप्रतिनिधिहरुले जनता पिडा बुझ्न सकेको छैन । महाविनासकारी बाढीे र विनासकारी हवाहुरीसंगै आएको असिनाबाट पिडित भएका दुर्गा भगवति गाउँपालिकाका जनतालाई क्षतिपुर्तिको लागि आज विहिवार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश यादबलाई स्थानियहरुले ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाई सके पछि कुरा गर्दै दुर्गा भगवति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झाले जनताको दुःख न बुझ्ने जनप्रतिनिधि हुनै न सक्ने बताए । गाउँपालिकाका प्रवक्ता समेत रहेका डिके झाले बाढी र असिना पिडितको क्षतिपुर्तिको लागि जिल्ला प्रशासन देखि मन्त्रालय सम्म ध्यानाकर्षण गराए पनि अहिले केहि क्षतिपुर्ति पिडितले पाउन न सक्नु दुःखदायी रहेको बताए । जनताको पिडालाइ नजिकबाट हेरे पनि स्थानिय सरकारले कानमा तेल हालेर बसेको हेरे पछि स्थानिय जनताहरुले आज गाउँपालिकामा ज्ञापन बुझाएका छन् । गत आर्थिक वर्षमा गाउँपालिकामा करिब पाँच करोड रकम खर्च हुन न सकेकोमा त्यही रकमलाई पिडितलाई क्षतिपुर्ति स्वरुप उपलब्ध गराई दिनको लागि स्थानियहरुले ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकाले हाम्रो समस्या बुझ्ने र छिटै क्षतिपुर्ति उपलब्ध गराउने एक जना पिडितले बताए । साथै हामीलाई क्षतिपुर्ति न पाएको खण्डमा हामी चरणबद्ध आन्दोलन गर्ने समेत पिडितल भनाई रहेको छ ।

Recommended For You

Leave a Reply