प्रदेश ७: नाम सुदूरपश्चिम, राजधानी गोदावरी घोषणा

प्रदेश ७ को प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी घोषणा गरेको छ।

प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलाली जिल्ला गोदावरी क्षेत्रलाई तोकेको छ।

नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिका संयोजक तारालामा तामाङले शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका थिए। प्रदेश सांसदद्वय शान्ति नेपाली र वीरमान चौधरीको समर्थनमा उक्त प्रस्ताव दुईतिहाइ मतबाट स्वीकृत भएपछि प्रदेश ७ ले नाम र राजधानी पाएको हो।

सुदूरपश्चिम नाम राख्ने र गोदावरी क्षेत्रलाई राजधानी बनाउने पक्षमा ३८ सांसदले मतदान गरेको संयोजक तामाङले सेतोपाटीलाई बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका २ सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएनन्।

राजधानी सबैलाई पायक पर्ने ठाउँमा नराखिएको भन्दै कांग्रेस र राजपाले विरोध गरेका छन्।

Recommended For You

Leave a Reply