स्थानीय तहको अभ्यासमा गौर नगरपालिका , जितिय पर्वको अवसरमा नगर भित्र सार्वजनिक बिदा

मधेशी समुदायले मनाउने जितिया पर्वको अवसरमा गौर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ l स्थानीय सरकारको अभ्यास गर्दै गौर नगरपालिकाले भोलि अर्थात् अशोज १६ गते बिदा दिने निर्णय गरेको गौर नगरपालिकाका कार्यवाहक मेयर एवं प्रवक्ता शेख जमशेदले बताउनु भएको छ l जितिया पर्ब मधेशी थारु महिलाहरुले मनाउने महान पर्ब रहेकोले सबैको आश्था को कदर गर्दै गौर नगरपालिकाले सार्वजनिक बिदा दिएको कार्यवाहक मेयर शेख जम्शैदले बताउनु भएको छ l गौर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सुमन कार्कीले एक सूचना जारि गर्दै अशोज १६ गते गौर नगरपालिका , नगरपालिका भित्र रहेका वार्ड कार्यालयहरु र मातहतका निकायहरुमा बिदा रहने जानकारी गराइएको छ l यस सम्बन्धमा कुरा गर्दै प्रवक्ता शेख जम्शैदले स्थानीय तह आफैमा स्वायत सरकार रहेकोले बिदा गरि स्थानीय सरकारको अभ्याश गरिरहेको बताउनु भएकोछ ल प्रवक्ता जम्शैदले आफु कार्यवाहक मेयरको हैसियतमा बिदा दिने निर्णय गरेको र सोहि अनुसार अधिकृत कार्कीले बिज्ञापति जारि गरेको बताउनु भएको छ l यस अघि पनि गौर नगरपालिकाले आफ्नै अधिकार प्रोग गर्दै बिदा दिदै आएको हो l

 

Recommended For You

Leave a Reply