देशमा बढ्दै गैरहेको महिला हिँसा रोक्न सामुहिक प्रयास आवस्यक :

 आर डी सी अध्यक्ष पारस हुसैन रौतहट , अशोज १५ ग्रामिण बिकाश केन्द्र रौतहटका अध्यक्ष पारस हुसैनले देश भरि बढ्दै गैरहेको महिला हिंशा रोक्न सामुहिक प्रयास आवस्यक रहेको बताउनु भएको छ l रौतहटको चंद्रपुरको पशुपति होटेलमा सोमबार देखि सुरु भएको सहजकर्ताहरु संगको अर्ध बार्षिक समिक्षा गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष पारस हुसैनले सो कुरा बताउनु भएको हो l अक्स्फ़ाम नेपालको सहयोग र ग्रामिण बिकाश केन्द्र आर डी सी नेपालको सहकार्यमा संचालित महिला र बालिका बिरुद्ध हुने हिंशा अन्त्यको लागि अभियान परियोजना अनतर्गत कार्यरत सह्जर्ताहरु संगको अर्ध बार्षिक समिक्षा गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष हुसैनले आफुहरु महिला र बालिका माथि हुने कुनै पनि हिंशा सहेर बस्न नसक्ने बताउनु भएको छ l राज्यले लिएको नीतिहरु महिला मैत्री भए पनि सो को उपयुक्त कार्यान्बयन नभएकोले समस्या भएको बताउनु भयो l पछिल्लो १ महिना भित्र रौतहट लगायत देश भरि नै बढ्दै गरेको महिला हिंशाको घटनाहरुको दोषी उपर कारवाहीको मांग गर्नु भएको छ l सुरु भएको अर्ध बार्षिक समिक्षा गोष्ठीमा परियोजनामा कार्यरत २७ जना कर्मचारीहरुको सहभागिता रहेको छ l ३ दिन सम्म चल्ने सो कार्यक्रमको उद्घाटन सत्रमा अक्सफाम नेपालका बिजु डंगोल , आर डी सी का ममता झा , कार्यकारी निर्देशक आलोक कुमार सिंह लगायातकाहरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply