मुख्यमन्त्री राउतले जनकपुरको पक्की सडकमा लगाए झाडु

जनकपुर , असाेज १६ ।   प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको सडकमा झाडु लगाउनु भएको छ । १४९ औं गान्धि जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा आज विहान जनकपुरको भानुचोकदेखि मुरलीचोकसम्मको सडकमा मुख्यमन्त्री राउतले झाडु लगाउनु भएको हो ।

महात्मा गान्धी फाउण्डेशन नेपाल र सेभद हिस्टोरिकल जनकपुरको संयुक्त आयोजनमा भएको सरसफाई कार्याक्रम भएकाे थियो । सरसफाई कार्यक्रममा मुख्यमन्त्री राउतसंगै आयोजक संस्था सेभ द हिस्टोरिकलका अध्यक्ष समेत रहनु भएका प्रदेश सांसद रामअशिष यादव, विभिन्न संघसंस्थाका प्रतिनिधि , विद्यालयका विद्यार्थी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply