नागढुंगा–पिपलामोड सडकखण्ड : बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीमा रोक

त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–पिपलामोड सडकखण्डमा एक सातासम्म बेलुका सवारीसाधन आवागमन रोकिने भएको छ।

चाडवाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौंले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो।

डिभिजन प्रमुख देवकुमार तामाङले सोमबारदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए।

‘निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौं,’ उनले भने।

उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो। डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो।

Recommended For You

Leave a Reply