बंगबन्धु गोल्डकप :ताजिकिस्तानसँग नेपाल २–० ले पराजित

बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग पराजित भएको छ। खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाँदै हारसँग प्रतियोगिताको सुरूवात गरेको हो।

२७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो । यस्तै दोस्रो हाफको ६८औं मिनेटमा थप गोल खाँदै नेपाल २-० ले पछि परेको हो।

नेपालका लागि विराज महर्जनको कप्तानीमा युवा खेलाडी तेज तामाङसहितको टोली उत्रिएको थियो।

Recommended For You

Leave a Reply