आरडिसीको सहयोगले गरिबहरुको जिवीका चलाउने कोषे ढुंगा भएको :- राज्य मन्त्री यादव

रौतहट, मंसिर ०२ । अतिविपन्न तथा गरिबहरुका लागि गरिएका व्यवसायीक सहयोगले उनिहरुका जिविकोपार्जनमा कोषे ढुंगाका रुपमा भएको भुमि व्यवस्था, कृषी तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताउनु भएको छ ।
कतार च्यारीटी नेपालको सहयोगमा ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा आयआर्जन तथा आर्थिक स्रोत बृद्घिका लागि व्यवसायिक सहयोग परियोजना अन्तर्गतको हस्तानान्तरण कार्यक्रमको प्रमख आतिथ्यको रुपमा बोल्दै राज्य मन्त्री यादवले, देशको भौतीक पर्वधार विसकामा सवै लागि परिरहेको अवस्थामा ओझेलमा परदै गएको गरिव परिवारलाई व्यवसायीक सहयोगले उनिहरुलाई आत्मनिर्भर तथा परिवर लालनपनामा ठोलो सहयोगको सथै देशको समाजिक विकासमा ठुलै रोल हुने बताए । राज्य मन्त्री यादवले ग्रामीण विकास केन्द्र नेपालको कामको प्रशंसा गर्दै यस्ता विकासका कार्यक्रमहरु प्रदेश नं २ का सम्पूर्ण जिल्लाहरुमा गरिनुपर्ने बताउदै कार्यक्रमहरु कार्यान्वयनका लागि प्रदेश सरकार सहयोग, सहकार्य तथा समनव्यका लागि तयार रहेको बताउनु भयो तथा यस्को लागि आश्यक निती नियमहरु बनाइसकेको जानकारी गराउनु भयो ।त्यस्तै जिल्ला समनव्य समितिका प्रमुख रामएकवाल राय यादवले कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनहरुमा यस्ता व्यवसायीक कार्यक्रमहरुमा वृद्धिको आवश्यकता औल्याए । रौतहट जिल्लामा यस संस्थाले स्थानीय तह सम्मको पहुचलाई सबल पक्ष रहेको र सरकारी निकाय सँगको समनव्यमा विगतका दिनहरुकमा गरेका कार्यहरुलाई स्मरन गराउदै यस्ता कार्यक्रमले अतिविपन्न तथा गरिबहरुको आर्थिक स्थिती सुढृढ हुने विश्वास प्र.जि.अ गोविन्द प्रशाद रिजालले बताए ।यस परियोजना अन्तगर्त सनिवार गौरमा भएको हस्तनान्तरण कार्यक्रममा रौतहट जिल्लाका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पारस हुसैनको अध्यक्षता सम्पन्न भएको थियो भन्ने कार्यक्रमा प्रदेश नं. २ का विधायक बाबुलाल साह, अवदुल कलाम अजाद उर्फ फुलबाबु, राजदेवी नगरपालिकाका प्रमुख धिरेन्द्र सिंह, यमुनामाई गपाका प्रमुख श्री प्रकाश मुखिया, कतार च्यारीटी नेपालका प्रमुख अबदुल अजिज, कार्यक्रम व्यवस्थापक सेख इर्शाद, ईन्जिनियर आमिर फैसल, गौर नगरपालिकाका उप मेयर किरण ठाकुर लगायत लक्षित न.पा.का मेयर तथा उपमेयर, जिल्ला कातिन वटै सुरक्षा निकायका प्रहरी प्रमुख तथा नेपाली सेनाका प्रमुख, पत्रकारहरु, समाजसेवी, सघंसस्थाहरुका प्रतिनिधि र लाभार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यस्ता व्यवसाय सहयोगमापाएको हुनाले हस्तान्तरण कार्यक्रमका लाभार्थीहरुले खुसी व्यक्त गर्दै पाएको सहयोगलाई सही तरिकाले संचालन गरी आफ्नो आर्थिक अवस्था सुढृढ बनाउने विश्वास व्यक्त गरेको कुरा आ.डी.सी नेपालकाकार्यकारी निर्देशक आलोक कुमार सिंहले बताए । आर्थिक रुपमा पिछडिएका वर्गकालागि सरोकारवाला तथा दातृ निकायहरुले विषेशध्यान दिनु पर्ने तथा यस वर्गलाई सक्रिय रुपमा आफ्नो जिवन स्तर सुधार गर्नका ेनिम्ति अगाडी बढनको लागि कतार च्यारीटी नेपालका कार्यक्रम व्यवस्थापक सेख ईर्शादले आग्रह गरे । साथै अगामी दिनहरुमा यस्ता कार्यक्रमहरु ल्याउन सकिने बताउनुभयो ।
अगामी दिनहरुमा हस्तान्तरण गरिएका व्यवसायिक सहयोगको अनुगमन तथा मुल्याङ्कन गरिने र आवश्यक थप तालिम लाभार्थीहरुकालागि योजना गरिएको बताउँदै आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले आवश्यक विकासका कार्यक्रमहरु ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए ।

Recommended For You

Leave a Reply