महोत्तरीको औरही नगरपालिकामा तालाबन्दी

महोत्तरी  ।  महोत्तरी  औरही नगरपालिकाको कार्यालयमा मंगलवार    स्थानीयवासीले   तालाबन्दी गरेका छन् । आर्थिक  वर्ष  २०७५÷०७६  का लागि पारित गरेको बजेटको सम्बन्धमा   असन्तुष्टि   जनाउँदै   स्थानीयवासी   दरेश   यादवको   नेतृत्वमा   गएको   एक   समूहले   कार्यालयको         मूलढोकामा         तालाबन्दी गरेको हो । यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र          नगरपालिकाको          कार्यालयमा   बुझाइए   पनि   यस   विषयमा  कुनै  छलफल  वा  समस्या  समाधानतर्फ ध्यान नदिएका कारण बाध्य  भएर  आफूहरू  तालाबन्दी  गरेको   संयोजक   दरेश   यादवले   बताउनुभयो । नगरप्रमुख  सुनिल  यादवले  आफूले    बोलाएको    वार्तामा    आन्दोलनकारी  नबसेको बताउनुभयो

Recommended For You

Leave a Reply