श्री माध्यमिक विद्यालय ब्रम्हपुरी मा ICT कक्षाको उदघाटन।

राम विश्वास मुखिया
रौतहट . असोज १६
राजदेवी नपा ९ ब्रम्हपुरी स्थित श्री माध्यमिक विद्यालय ब्रम्हपुरी मा ICT कक्षाको उदघाटन भएको छ l
विस्व शिक्षाको आर्थिक सहयोग र आर डी सी नेपालको सहजीकरणमा २० थान कम्प्यूटर विद्यालय लाई हस्तांतरण गरिएको हो। आर डी सी नेपाल पछिलो ८ बर्ष देखी यो वडा मा कृषि, शिक्छा, सरसफाई लगायतका काम हरु गर्दै आएका छन। विश्व शिक्षा र ग्रामिण बिकाश केन्द्र आर डी सी द्वारा संचालित संग संगै द लर्निङ्ग टुगेदर परियोजना अनतर्गत सो सहयोग उपलब्ध गराएको आर डी सी का अध्यक्ष पारस हुसैले बताउनु भएको छ l
उद्घाटन कार्यक्रम मा वी ब्रह्मपुरी का प्रधानाध्यापक दीपेन्द्र श्रीवास्तवको अध्यक्षता मा सम्पन्न भएको थियो l उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम एकवाल यादव अतिथिमा राजदेवी नपा नगर प्रमुख धिरेन्द्र सिंह , विश्व शिक्षाका कार्यक्रम संयोजक रुपश्री जोशी उपमेयर अंशु सिंह, पूर्व माननीय बबन सिंह, आर डी सी अध्यक्ष पारस हुसेन, राजनीतिक बिश्लेशक चिरंजीवी सिंह, प्रधानाध्यापक रबी शंकर यादब, बड़ा अध्यक्ष फुलिंदर दास, वडा अध्यक्ष भगनारायन साह, विश्व शिक्षा का पदाधिकारी हरु, आर डी सी का पदाधिकारी हरु लगायत अन्य अतिथि हरु को उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकार, स्थानिय बुद्धिजीवी, समाजसेवी, महिला, युवा , छात्र, छात्रा लगायत सर्वसाधारण हरु को भाडी उपस्थिति रहेको थियो।
बालिकाहरुको शिक्षामा प्रविधिको पहँच तथा पाठ्यक्रममा सहयोग हुन्छ भने उद्देश्यले यो हस्तान्तरण कार्यक्रम गरिएको छ । संग संगै परियाजना यस जिल्लाका लागभग १५० वटा विद्यालयमा ३ वर्षको अवधिमा ६,००० बालिकाहरुलाई भर्ना गराइयो ।

Recommended For You

Leave a Reply