सरसफाई अभियानमा जुट्दै गौर नगरपालिका , कर्मचारी देखि जान प्रतिनिधि सम्म अभियानमा सहभागी

रौतहट , अशोज १९
गौर नगरपालिकाले आफ्नो क्षेत्र भित्र सरसफाई अभियानलाई तीव्रता दिएकोछ l नगर भित्रैका कतिपय सडक खण्डहरु फोहर भएको र धुलोले आवागमन प्रभावित भैरहेको भन्दै गौर नगरपालिकाले सरसफाई अभियान सुरु गरेको हो l गौर नगरपालिकाले सुरु गरेको अभियानमा जनप्रतिनिधि देखि कर्मचारी सम्मको सक्रियता रहेको छ l खुल्ला दिशा मुक्त क्षेत्र बनाउने अभियान संगै गौर नगरपालिकाले सहरी क्षेत्रमा रहेको पक्कि सदखारुलाई समेत सफाई सुरु गरेको हो lसडकमा लागेको माटोले धुलो बढेको र आवागमन समेत प्रभावित बनेकोले सो अभियान संचालन गरिएको गौर नगरपालिकाका कार्यवाहक मेयर शेख जम्शेदले बताउनु भएको छ l वहाले गौर नगरपालिकाले नागरिकको स्वास्थ्य प्रति गम्भीर रहेको र सरसफाई अभियान निरन्तर जारि रहने बताउदै सहयोग गर्न आम नगरवासीलाई आग्रह गर्नु भएको छ l यता गौर नगरपालिकाले नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा गौरमा खुला ठाउँमा दिशा गर्ने व्यक्तिलाई पक्राउ अभियान चलाएको छ l शौचालय बनाउन नगरपालिकाले अनुदान समेत दिसाकेको र शौचालय बनाउन पटक पटक आग्रह गर्दा समेत अटेरी गर्ने गरेको हरुलाइ पक्राउ गरि जरिवाना तिराएर मात्रै छोड्ने गरिएको गौर नगरपालिका का स्टोर किपर जितेन्द्र भारतीले बताउनु भएको छ l बिहानै खट्ने प्रहरीको टोलीले सडक किनार देखि खेत मा दिशा गर्ने जो कोहीलाई पनि समातेर लियाने र जरिवाना तिरिसके पछि म्म्त्रै छोड्ने गरेको छ l

Recommended For You

Leave a Reply