गौर नगरपालिका द्वारा अस्पतालको अनुगमन , सरसफाइमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन

रौतहट अशोज १९
जिल्ला अस्पतालमा व्यापक सुधार हुनु पर्ने मांग भैरहदा गौर नगरपालिकाले शुक्रवार अस्पतालको अनुगमन गरेको छ l गौर नगरपालिकाको कार्यबाहक मेयर शेख जम्शेद र प्रमुख प्रसाश्कीय अधिकृत सुमन कार्की लगायतका टोलीले गौर अस्पतालको अनुगमन गरेको हो l अनुगमनको क्रममा अस्पतालको सरसफाईको अवस्था सन्तोषजनक नरहेको कार्यवाहक मेयर जमशेदले बताउनु भएको छ l अनुगमन पछि नेता जम्शेद र अधिकृत सुमन कार्कीले अस्पताल प्रमुख कृष्ण साहलाइ अस्पतालमा सुधारको लागि गौर नगरपालिकाले हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै अस्पतालको अवश्था तत्काल सुधार गर्न निर्देशन दिनुभएको हो l अनुगमनको क्रममा शौचालाय्जो अवश्था , वाडहरुको अवस्था सन्तोषजनक नरहेको भन्दै तत्काल सुधार गर्न अस्पताल प्रक्सशंलाई निर्देशन दिएको छ l

Recommended For You

Leave a Reply