गौरमा पनि लोक सेवा आयोगको तयारी कक्षा संचालन हुदै

राम विश्वास मुखिया
निजामति सेवा तिर आकर्षक बढदै गइरहेको अवस्थामा रौतहटको सदरमुकाम गौरमा लोक सेवा आयोगको तयारी कक्षा संचालन हुने भएको छ । जिल्ला बाहिर गएर तयारी गर्न समस्या तथा बाहिर वसेर तयारी गर्दा बेहोर्नु पर्ने आर्थीक समस्या खेप्नु परेकाहरुका लागि अब गौरमा नै लोक सेवा आयोगको तयारी कक्षा संचालन गरिएको छ । आइ प्याड नामक इन्स्टीच्यूडले गुणस्तरीय शिक्षा दिने उदेश्यले गौरमै तयारी कक्षा संचालन गरिरहेको छ । निजामति सेवामा जागिर खाने इच्छा हुदाहुदै पनि आर्थिक अभावमा बाहिर गएर अध्ययन तयारी गर्न नसक्नेहरुको लागि गौरमा नै स्तरीय तथा दक्ष प्रशिक्षकहरुबाट कक्षा भइ्रहेको आइ प्याडका नारायण साहले बताउनु भयो । इन्स्टीच्युडमा निजामति सेवा तिर खरदार, नायव सुब्बा, अधिकृत, प्रहरी जवान, असइ, एच ए, सिएम, स्टाफ नर्स, बैंकिग तर्फ लगाएत सबै क्षेत्रको तयारी कक्षा संचालन भइरहेको साहले बताउनु भयो । निजामति सेवामा नाम निकालि जागिर खाइरहेको दक्ष कर्मचारीहरुबाट प्रशिक्षण दिने कार्य भइरहेको वहाले बताउनु भयो । जिल्लाकै नमुना लोक सेवा तयारी इन्स्टीच्युड बनाउने उदेश्यले यहाका परिक्षार्थीहरुलाई समय समयमा परिक्षा लिई पृष्ठपोषण दिइने, नोट उपलब्ध गराइने लगाएतको सेवा सहित कक्षा संचालन भइरहेको पनि साहले बताउनु भयाृे । कक्षा संचालनको लागि आज ५० जनाको सहभागितामा ओरेन्टेशन कक्षा सम्पन्न गरिएको छ ।

Recommended For You

Leave a Reply