गौर नगरपालिका द्वारा ट्राफिक ब्यबस्थापनको लागि सामग्री हस्तान्तरण

रौतहट , अशोज २१
गौर नगरपालिकाले आफ्नो क्षेत्र र जिल्ला भरिकै ट्राफिक ब्यबस्था सुधार गर्ने उदेश्यले आइतवार ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण गरेको छ l गौर नगरपालिकाका मेयर अजय गुप्ता र प्रमुख प्रशासिय अधिकृत सुमन कार्कीले संयुक्त रूपमा रौतहट जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक क्केदार ढकाललाई सामग्री हस्तान्तरण गरेको हो l आइतवार गौर नगरपालिकाले आफ्नै कार्यालय प्रन्गंमा एक कार्यक्रमको आयोजना गरि सामग्री हस्तान्तरण गरेको हो l गौर बस पार्कमा राख्नको लागि ट्राफिक बिट र मुख्य सडक खण्डहरुमा जडान गर्नको लागि होर्डिंग बोर्ड उपलब्ध गराइएको हो l होर्डिंग बोर्डमा ट्राफिक नियम सम्बन्धि जान चेतनामुलक नाराहरु लेखिएको छ l पछिल्लो समयमा गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले जनचेतना मुलक काम हरु अगाडी बढाउन लागेको हो l सामग्री हस्तान्तरंको क्रममा गौर नगरपालिकाका प्रवक्ता शेख जम्शेद , वार्ड अध्यक्षहरु जनार्धन साह , राकेश झा सुरक्षा निकायका लगायतहरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply