रा ज पा रौतहट द्वारा सी डी ओ मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइयो

रौतहट, अशोज २२
संबिधान प्रति अशन्तुष्टी ब्यक्त गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल रौतहटले सोमबार प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ l सोमबार रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारि मार्फत ज्ञापन पत्र बुझिएको हो l रा ज पा रौतहट अध्यक्ष मण्डल लगायत अन्य पदाधिकारीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगी ज्ञापन पत्र बुझाएको हो l संबिधान संसोधनमा दबाब पुग्ने हिसाबले ज्ञापन पत्र बुझिएको रा ज पा रौतहट अध्यक्ष मण्डलका संयोजक शेख जमशेदले बताउनु भएको छ l रा ज पा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने समेतको चेतवानी सहितको ज्ञापन पत्र बुझाएको हो l सरकार गठन भए देखि रा ज पाले ज्ञापन पत्र बुझाएको यो पाचौं पटक हो l संबिधान संसोधन , थरुहट आन्दोलनको क्रममा पक्राउ परेका नेताहरुको रिहाइ , रेशम चौधरीको सपथ ग्रहण लगायतका मांगहरु राखी ज्ञापन पत्र बुझिएको हो l देश भरि बाटनै ज्ञापन पत्र बुझिएको हो l रौतहटमा ज्ञापन पत्र बुझाउने क्रममा नेताहरु अजय गुप्ता , शेख जम्शैद लगायतका हरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply