रा ज पा नेपाल रौतहट द्वारा शुभ कामना अडान प्रदान कार्यक्रम सम्पन्न , महाधिबेशनको तयारीमा लाग्ने नेताहरुको उद्घोष

रौतहट ,असोज २५
राष्ट्रिय जनता पार्टी नेपाल रौतहटले गरुडा को आशीर्वाद गेष्ट हाउसको सभा हल मा माहाधिबेशन को तयारी तथा बिज्या दशै,शुभ दिपावली तथा छ्ठ को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रा ज पा रौतहट अध्यक्ष मण्डलका संयोजक शेख जम्शैद्को अध्यक्षता र केन्द्रिय अध्यक्ष मण्डलका सदस्य एबम सांसद अनिल झा को प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा पार्टीको आसन्न केन्द्रिय महाधिबेशनको बारेमा छलफल भएको हो कार्यक्रम पछि यस युवा अभियान अनलाइन संग कुरा गर्दै नेता शेख जम्शैदले कार्यक्रमले कार्यकर्तामा उत्साह थपिएको बताउनु भएको छ l कार्यक्रममा प्रदेश न २ को भौतिक पुर्वधार बिकास राज्य मन्त्री डा डिम्पल झा , बिधायक बाबुलाल साह , गौर नगरपालिकाका मेयर अजय गुप्ता , उप मेयर किरण ठाकुर ,केन्द्रिय नेता अनिल कुमार सिंह , अध्यक्ष मण्डलका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो l शुभ कामना अडान प्रदान नाम दिएको सो कार्यक्रममा पार्टीको आसन्न महाधिबेशनको तयारी , सदस्यता वितरण र अन्य गतिविधिहरुको बारेमा छलफल भएको हो l रा ज पा नेपालले आफ्नो माहाधिबेश आउदो बैशाख ६ , ७ , ८ गते जनकपुरमा गर्ने निर्णय गरिसकेको छ l महाधिबेशनको प्रक्रिया सुरु भए संगै रा ज पा नेपाललले जिल्ला हरुमा आफ्नो गतिबिधि तिव्र पारेको छ l

Recommended For You

Leave a Reply