शिक्षाको क्षेत्रमा लगानी गर्न गौर नगरपालिका प्रतिवद्ध रहेको मेयर अजय गुप्ताको भनाइ , एस ई ई मा उत्कृष्ट बिद्यार्थीहरु लाइ सम्मान

रौतहट , अशोज २५
गौर नगरपालिकाका मेयर अजय गुप्ताले ग और नगरपालिकाले शिक्षा क्षेत्रामा व्यापक लगानी गर्ने तयारी गरिरहेको बताउनु भएको छ l गौर नगरपालिकाले बिहिवार आयोजना गरेको बिद्यार्थी सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर अजय गुप्ताले सो कुरा बताउनु भएको हो l शिक्षा क्षेत्रमा गरिने लगानी कहिले पनि खेर नजाने र समृद्ध मधेशको लागि शिक्षित नागरिक आवस्यक रहेकोले गौर नगरपालिकाले शिक्षा क्षेत्रमा व्यापक लगानीको निमित प्रतिबद्ध रहेको वहाले बताउनु भएको हो l समृद्ध र बिकशित मधेश नबनाउन शिक्षा , स्वास्थ्य र कृषिमा लगानी आवस्यक रहेको बताउदै मेयर गुप्ताले आफुले शिक्षा लाइ प्रमुख प्राथमिकतामा राहेको बताउनु भएको छ l शिक्षा बिना समुन्नत समाजको कल्पना गर्न नसकिने बताउदै मेयर गुप्ताले गौर नगरपालिकाले शिक्षामा क्रान्तिकारी परिवर्तन गर्ने गरि कदम उठाउने तयारि गरिरहेको बताउनु भएको छ l भौतिक निर्माण भन्दा शैक्षिक बिकाश मह्ताव्पूर्ण रहेको बताउदै वहाले सामुदायिक बिधालयहरुको गुणस्तरलाई उकासन आफु लागि परेको बताउनु भएको छ l सो कार्यक्रमका बीच जुद्ध मा बि गौर बाट एस ई ई उतिर्ण गरेको साजिद आलम र मा बि टिकुलिया बाट एस ई ई उतिर्ण गरेकी कावेरी कुमारी गिरीलाई नगद ७ – ७ हजार प्रदान गरिनुको साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो l तस्तै मित्र मेमोरियलका चन्दन यादवलाई ५ हजार , जुद्ध मा बि गौरकी छात्रा रुचिका कन्चन र समा प्रबिन्लाई २५०० – २५०० का दरले उपलब्ध गराइएको थियो l

Recommended For You

Leave a Reply