राजदेवी नगरपालिकाको दोस्रो नगर सभा भव्यताका साथ् सम्पन्न

रौतहट , कार्तिक ६
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ l मंगलवार राजदेवी मन्दिर परिसरमा नगर प्रमुख धिरेन्द्र सिंहले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो l सभाको खुला सत्रमा आर्थिक बर्ष २०७५/२०७६ को लागि अनुमानित करिब ३० करोड २७ लाख २० हजार ११ रुपिया बराबरको कार्यक्रमहरु प्रस्तुत गरिएको हो l नगर सभालाई सम्बोधन गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद अनिल झाले राजदेवी नगरपालिकाको चौतर्फी बिकाशको लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ l मधेश र मधेशीको चौतर्फी बिकाशको लागि प्रदेश नम्बर २ र स्थानीय तह प्रयास गरिरहेको बताउदै वाहाले नागरिकले महसुस गर्ने गरि बिकाश लगायातका गतिविधिहरु अगाडी बढाउन नगरपालिका संग आग्रह गर्नुभएको छ l यस्तै सोहि सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का कृषि , सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले स्थानीय तहहरुमा बढेको भ्रष्टाचार र ढिला सुस्ती न्यूनीकरण गर्दै शुशासन स्थापना गर्न नगरपालिका संग आग्रह गर्नु भएको छ l आफ्नो घर पनि राजदेवी नगरपालिकामै रहेको भन्दै मन्त्रि यादवले राजदेवी नगरपालिका देशकै नमुना नगरपालिका बन्ने बिस्वाश ब्यक्त गर्नु भएको छ l नगर सभाको खुला सत्रलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार बिकाश राज्य मन्त्रि डिम्पल झा , ने का पा नेताहरु भिखारी यादव , राजेश साह , रा ज पा नेता अनिल सिंह , नेपालि कांग्रेसका देव चन्द्र झा , संघिय समाजवादी फोरम का रामेश्वर राय यादव , पत्रकार धर्मेन्द्र कुमार सह लगाक्यात्का हरुले सम्बोधन गर्नु भएको थियो l

Recommended For You

Leave a Reply