श्री शंकर माध्यमिक विद्यालय सरमुजवामा ICT कक्षाको उदघाटन।

रौतहट . कार्तिक ९
बौधिमाइ नपामा रहेको श्री शंकर माध्यमिक विद्यालय सरमुजवामा ICT कक्षाको उदघाटन भएको छ l
विश्वा शिक्षाको आर्थिक सहयोग र आर डी सी नेपालको सहजीकरणमा २० थान कम्प्यूटर विद्यालय लाई हस्तांतरण गरिएको हो। विश्व शिक्षा र ग्रामिण बिकाश केन्द्र आर डी सी द्वारा संचालित संग संगै द लर्निङ्ग टुगेदर परियोजना अनतर्गत सो सहयोग उपलब्ध गराएको आर डी सी का अध्यक्ष पारस हुसैले बताउनु भएको छ ल वहाले ग्रामिण क्षेत्रका बाल बालिकाहरु समेत आधुनिक र प्राबिधिक शिक्षा पाउन भन्ने उद्देश्यका साथ् कम्प्युटर वितरण गरिएको बताउनु भएको छ l इच्त केन्द्रको उद्घाटन बौधिमाइ नगरपालिकाका मेयर राजिव रंजन यादव र विश्व शिक्षाका हेलेन शेर्पाले संयुक्त रूपमा गर्नु भएको थियो l उद्घाटन कार्यक्रममा प्र पदाधिकारी हरु, आर डी सी का पदाधिकारी हरु लगायत अन्य अतिथि हरु को उपस्थिति रहेको थियो।कार्यक्रममा पत्रकार, स्थानिय बुद्धिजीवी, समाजसेवी, महिला, युवा , छात्र, छात्रा लगायत सर्वसाधारण हरु को भाडी उपस्थिति रहेको थियो।आर डी सी नेपाल पछिलो१५ बर्ष देखी कृषि, शिक्षा , सरसफाई लगायतका काम हरु गर्दै आएका छन।
बालिकाहरुको शिक्षामा प्रविधिको पहँच तथा पाठ्यक्रममा सहयोग हुन्छ भने उद्देश्यले यो हस्तान्तरण कार्यक्रम गरिएको छ । संग संगै परियाजना यस जिल्लाका लागभग १५० वटा विद्यालयमा ३ वर्षको अवधिमा ६,००० बालिकाहरुलाई भर्ना गराइएको हो ।

Recommended For You

Leave a Reply