आय आर्जनको लागि १२० परिवारलाई बाख्रा वितरण

रौतहट , कार्तिक ९
रौतहट जिलाको बिभिन्न स्थानीय तहहरुमा आय आर्जनको लागि भन्दै १२० बिपन्न परिवारलाइ बाख्रा बितरण गरिएको छ l कतार च्यारिटीको आर्थिक सहयोग र ग्रामिण बिकाश केन्द्र आर डी सि को आयोजनामा जिल्लाको राजदेवी , गौर , इश्नाथ र परोहा नगरपालिका गरि १२० जन्नालाइ बाख्रा बितरण गरिएको आर डी सी का कार्यक्रम संयोजक बाल कृष्ण झाले जानकारी दिनुभएको छ l इश्नाथ र परोहा नगरपालिकाका ९२ जन्ना परिवारलाई शुक्रबार एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष पारस हुसैनले जानकारी दिनिभायो l प्रति परिवारलाई ३ ओटाका दरले बाख्रा उपलब्ध गराइएको हो l ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक अवश्था सवाल बनाउने उद्देश्यका साथ् बाख्रा वितरण गरिएको हो l बाख्र बितरणको क्रममा परोहा नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष शेख इनुष , कतार च्यारिटीका कार्यक्रम म्यनाजर इर्शाद शेख , आर डी सी का ममता झा , बाल कृष्ण झा ,लगायातका हरुको सहभागिता रहेको थियो l यस्तै शुक्रबार एक अर्को कार्यक्रमका बीच राजदेवी नगरपालिकाको पताही टोलमा २८ परिवारलाई बाख्रा बितरण गरिएको हो l सो बाख्रा वितरण कार्यक्रममा आअर डी सी का अध्यक्ष पारस हुसैन लगायतका हरुको उपस्थिति रहको थियो l बखाराका साथै उन्नत जातको बोका समेत वितरण गरिएको हो l

Recommended For You

Leave a Reply