सामाजिक सदभाव र धार्मिक सहिष्णुताको लागि एकजुट हुनु पर्ने मा जोड

रौतहट , कार्तिक १४
रौतहट जिल्ला लगायत देश भरी देखिएका केही अन्तरधार्मीक विवादहरुको समाधानको उपाय खोज्न तथा समाजिक सदभाव गर्नेका लागी अन्तर धार्मीक सहकार्य सम्बन्धी २ दिवशिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
मंगलवार देखि ग्रामिण विकास केन्द्र नेपालको आयोजना तथा यूएनडिपी र अन्तर धार्मीक काउन्सीलको सहयोगमा रौतहटको चन्द्रनिगापुरमा शुरु भएको हो सो कार्यक्रम बुधवार सम्पन्न भएको हो l
हालैमा देखिएको विभिन्न अन्तर धार्मिक विवादको मध्यनजर गर्दै, रौतहट जिल्लाको सवै धर्मका धर्मगुरु, मोगलाना, नागरिक गुवाहरुको सहभागितमा उक्त दूई दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख राम आशिस राय यादवले हिन्दु , मुस्लिम , शिख , इशाई लगायतका धर्मावलम्बीहरु एउतै आमाको सन्तान रहेको भन्दै कुनै पनि किसिमले धार्मिक सद्भाव बिग्रिनु नहुने बताउनु भएको छ l वहाले सबै धर्मले दिने संदेश एउतै रहेकोले धर्म मान्ने तरिका मात्रैको कारणले आपसी मनमुटाव हुन् नदिन सबैलाई आग्रह गर्नु भएको थियो l
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै आरडिसी नेपालका अध्यक्ष पासर हुसैनले, मानवता भन्दै ठुलो धर्म कुनै नभएको बताए । कार्यक्रमलाई प्रध्यापक डाक्टर भोगेन्द्र झाले सहजीकरण गर्नु भएको थियो l कार्यक्रममा यु एन डी पी का भाष्कर काफ्ले , अर्जुन कुशवाहा, उपमेयरहरु किरण ठाकुर, हुसने आरा,गीता देवी , पत्रकार प्रेम चन्द्र झा , राम पुकार राउत , सम्बाद समितिका विजय किशोर झा , राम देव झा , बिन्दा सहनी , दिने३श केशरी लगायतका हरुको सहभागिता रेअहेको थियो l

Recommended For You

Leave a Reply