डा.राउत सहित ५ जनालाई थप १५ दिन थुनामा राख्न रौतहट जिल्ला अदालतको अादेश।

अमित ठाकुर।रौतहट कार्तिक १५।
असोज २१ गते डा . सिके राउत तारेख लिन अाएपछि रौतहट प्रहरीले डा.राउत सहित ५ जनालाई पक्राउ गरेको थियो ।राज्यविरुद्धको मुद्दामा पक्राउ गरेको डा राउत सहित ५ जनालाई जिल्ला अदालतले थप १५ दिन थुनामा राख्न अादेश दिएका छन। डा. राउतले असोज ३ गते जनकपुरमा देश टुक्र्याउने भाषण दिई भुमिगत बनेको थियो ।असोज २१ गते जिल्ला अदालत गौरमा तारेख लिन अाएपछि रौतहट प्रहरीले पक्राउ गरेको थियो । राज्यविरुद्धको संगठित अपराधको मुद्दामा अाज २६ अौं दिन जिल्ला अदालत गौरले थप १५ दिन थुनामा राख्न अादेश दिएका छन।डा .राउत सहित ५ जना उनको गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् । राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका प्रहरी उपरीक्षक केदार ढकालले जनाएको छ। राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद मागेको हो । सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको हो। जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अादेश दिएको हो।

Recommended For You

Leave a Reply