वालविवाह ,दाईजोप्रथा,लैंिगक हिंसा अन्तको लागि ईश्नाथमा रैली प्रदर्शन

रौतहट । कार्तिक १५ । इश्नाथ नगरपालिका मेयर सन्तोष मेहताले आफ्नै कार्यकालमा इश्नाथ नगरपालिकालाई मदिरा मुक्त क्षेत्रको रूपमा पहिचान दिलाउने बताउनु भएको छ l इश्नाथ नगरपालिका मा संचालनमा रहेका सामुदाइक छलफल केन्द्रका महिला किशोरीहरुले गरेको दबाबमूलक र्याली पछि सम्बोधन गर्दै मेयर मेहताले सो प्रतिबद्धता ब्यक्त गर्नु भएको छ l ईश्नाथ नगरपालिकामा समाजिक विकृति हटाउनको लागि रैली निकालिएको छ । क्रिएटिंग स्पेसेस महिला र वालवालिका विरुद्ध हुने हिंसा अन्त्यको लागि अभियान अन्तरगत विहिवार सामुदायिक छलफल केन्द्रको महिला र किशोरीहरुको करिब सय जनाको समुहले इश्नाथ नगरपालिका वडा नम्बर २ औरैयामा रैली प्रदर्शन गरेका छन् । वालविवाह बन्द गरौ,दाईजो प्रथा अन्त गरौ,लैंिगक हिंसा बन्द गरौ,रक्सी भठ्ठी बन्द गरौ लगायतका नाराका साथ आज औरैयामा रैली निकालिएको क्रिएटिंग स्पेसेस कार्यक्रमका फिल्ड अधिकृत निलु झाले बताईन । सामुदायिक छलफल केन्द्रको अगुवाईमा केन्द्रका सहजकर्ता,समाजिक परिचालिका लगायत स्थानिय महिला र किशोरीहरुले समय समयमा विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको क्रिएटिंग स्पेसेस कार्यक्रमका कार्यक्रम संयोजक धर्मेन्द्र कुमार साह जानकारी दिनु भएको छ । यस्ता कार्यक्रमहरुले समाजमा रहेको दाईजो प्रथा,वालविवाह,लैंगिक हिंसा जस्ता विकृतीमा विस्तारै कमि आएको वहाँको भनाई रहेको छ ।

Recommended For You

Leave a Reply