गौर नगरपालिकाको अग्नि पिडित इस्लामलाइ नेता जम्शेदको सहयोग , गौर नगरपालिकाले पनि सहयोग गर्ने

रौतहट , कार्तिक २३
आगलागी पछि घर बिहिन बनेका गौर नगरपालिका निवासी इस्लाम मियालाई राष्ट्रिय जनता पार्टीका नेता श्ख जमशेदले आर्थिक सहयोग गर्नु भएको छ l रा ज पा नेपाल रौतहटका अध्यक्ष मण्डलका संयोजक समेत रहेका नेता जमशेदले शुक्रवार पिडितको घरमै गइ ब्यक्तिगर रूपमा ५ हजार रुपैया सहयोग गर्नु भएको हो l गौर नगरपालिका वार्ड नम्बर ५ निवाशी इस्लाम मियाको घरमा गत दिपावलीको रातमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो l ५ छोरा छोरी को साथमा बस्दै आएको इस्लामको घरमा आगो लागे पछि वहा अहिले घर बिहिन अवश्थामा पुगेको हो l सहयोग राशि हस्त्नान्तरण गर्दै नेता जमशेदले गौर नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्ता गर्नु भएको थियो l यस्तै सोहि वार्डका वार्ड अध्यक्ष राम सोवार्थ यादवले पनि आर्थिक सहयोग गर्नु भएको थियो l पिडित इस्लाम बस्दै आएको घर पनि आफ्नो जग्गामा नभएर पुर्ब जिल्ला सभापति गम्भिरा निरालाको जग्गा थियो l यता गुट नगरपालिकाले पनि पिडितलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ l गौर नगरपालिकाका मेयर अजय गुप्ताले नगरपालिकाले तत्काल त्रिपाल , कम्बल , मत्रिक्स , चाउचाउ उपलब्ध गराएको र कार्यालय खुल्ने बितिक्कै संस्थागत सहयोग उपलब्ध गराउने बताउनु भएको छ l

Recommended For You

Leave a Reply