शिक्षाको क्षेत्रमा कतार च्यारिटीको सहयोग , १९ बाल बालिकालाइ छात्रवृति वितरण

रौतहट , कार्तिक २३
कतार च्यारिटीले रौतहटमा शिक्षाको क्षेत्रमा सहयोग गरेको छ l ग्रामिण बिकाश केन्द्र रौतहटको सहकार्यमा रौतहटमा काम गर्दै आएको कतार च्यारतीले शिक्षाको क्षेत्रमा काम थालेको हो l शुक्रवार एक कार्यक्रमका बीच रौतहटका १९ जान्न बालबालिकालाई छात्रवृति प्रदान गरिएको हो l गौरको होटेल सिया प्यालेसमा आयोजित एक औपचारिक कार्यक्रमका बीच औताहत जिल्लाको प्रमुख जिल्ला अधिकारि गोविन्द रिजालले बाल बालिकाहरुलाई सहयोग राशि बराबरको चेक हस्त्नात्रण गर्नु भएको हो l आर डी सी नेपालका अध्यक्ष पारस हुसैनको अध्यक्षातामा भएको कार्यक्रमको क्रममा कतार च्यारटिका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो l सो परियोजना अनतर्गत १३ बर्ष मुनिका अनाथ बाल बालिकालाई शैक्षिक सहयोग अनतर्गत प्रति महिना ५ हजारका दरले रकम उपलब्ध गराइएको हो l स्पोंशारशिप शैलीमै रहेका परियोजना बाट लाभान्वित १९ जान्न बाल बालिकाले अब देखि प्रति महिना ५ हजारको दरले सहयोग राशि पाउने छ l यो रकम सम्बन्धित बाल बालिकाको पढाई , खान र पोशाक मा खर्च गरिनेछ l कतार च्यारिटी रौतहटमा जीविकोपार्जन , शिक्षा , खानेपानी लगायातको क्षेत्रमा काम गर्दै आएको छ l छात्रवृति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारि रिजालले शिक्षाको क्षेत्रमा आर डी सी नेपालले पुर्याउदै आएको भूमिका प्रति खुशी ब्यक्त गर्नुभएको थियो l

Recommended For You

Leave a Reply