स्थानीय सरकारको अभ्यास गर्दै दुर्गा भगवती गाउपालिका , १०० परिवारलाई बसोवासको ब्यबस्था मिलाउने

रौतहट , कार्तिक २३
स्थानीय सरकारको हसियतमा रहेका स्थानीय तहहारुले सोहि अनुरोप काम गर्न थालेको छ l रौतहट जिल्लाको एक स्थानीय तहले स्थानीय सरकारको झझल्को दिदै आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ l रौतहट जिलाको दुर्गा भगवती गाउपालिकाले चालु आर्थिक बर्षको लागि निर्धारण गरेको अधिकांश प्राथमिकताका क्षेत्राहरुमा नागरिकलाई स्थानीय सरकारको अनुभूति गराउने खालका बिषयहरु लाइ नै राकेहो छ l चालु आर्थिक बर्ष भित्र सो गाउपालिकाले करिब १०० परोवार्लाई ब्यबस्थित बसोवासको लागि जग्गा उपलब्ध गराउन लागेको हो l दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ५ बडहरवामा बाँध र नहरको छेउमा बस्दै आएको परिवारलाई ब्यबस्थित बसोबासको लागि जग्गा उपलब्ध गराउन लागिएको गाउपलिका प्रमुख अरुण साहले जानकारी दिनुभएको छ l सो को लागि आवस्यक जग्गा खरिद भैसकेको र बाकि केहि जग्गा पनि यहि आर्थिक बर्ष भित्र खरिद गरि वितरण गरि सक्ने वहाको प्रतिबध्ता रहेको छ l दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ५ बडहरवा अति बाढी पभावित क्षेत्रको रूपमा रहेको छ l यसरि गाउपालिका र वार्ड कार्यालयले बसोवासको निमित जग्गा उपलब्ध गराउन थाले पछि स्थनियवासिले स्थानीय सरकारको अनुभूति गरेको छ l

Recommended For You

Leave a Reply