आस्थाको पर्व छठमा दुर्गाभगवती गाउँपालिकाले ३ दिन बिदा दिने

चञ्चल झा
/रौतहट /कार्तिक /
आस्था र बिस्वाश्को पर्ब छठको अवसरमा दुर्गाभगवती गाउँपालिकाले ३ दिने बिदा दिने निर्णय गरेको छ । दुर्गाभगवती गाउँपालिकाले आफ्नो मातहतका कार्यालयहरुमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादबले जानकारी दिनुभएको छ । एउटा सूचना जारि गर्दै दुर्गाभगवती गाउँपालिकाले ३ दिने बिदा दिएको जानकारी गराएको हो । ३ दिन सम्म हर्षोउलाशका साथ् मनाइने छठ पर्ब तराई मधेशमा मनाइने प्रमुख पर्ब हो । स्थानीय सरकारको हैसियतमा दुर्गाभगवती गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साह बताउनु भएको छ । छठ पर्वको लागि संघिय सरकारले १ दिन , प्रदेश सरकारले २ दिन र दुर्गाभगवती गाउँपालिकाले ३ दिन बिदा दिने निर्णय गरेको हो । दुर्गाभगवती गाउँपालिकाको यस निर्णयको चौतर्फी प्रशंशा भई रहेको छ । दुर्गाभगवती गाउँपालिकाले नागरिकको जनभावना अनुसार बिदा को निर्णय गरेर राम्रो संदेश दिएको स्थानियवासीहरुको भनाई रहेको छ ।

Recommended For You

Leave a Reply