समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता परियोजनाको समिक्षा सम्पन्न

रौतहट , कार्तिक २३ ।
रौतहट जिल्ला लगायत देश भरी देखिएका केही अन्तरधार्मीक विवादहरुको समाधानको लागि रौतहट जिल्लामा संचालनमा रहेको समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तरगत परियोजनाको समिक्षा तथा शुभकामना अदान प्रदान सम्पन्न भएको छ ।
विहिवार यूएनडिपी र अन्तर धार्मीक काउन्सीलको सहयोग र ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा संचालनमा रहेको समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको रौतहटको परोहा नगरपालिका वडा नम्बर ४मा रहेको ब्रह्म ज्योती माविमा परियोजनाको समिक्षा गरिएको थियो । भने शुक्रवार हिन्दुहरुको आस्थाको पर्व छठको उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको कार्यक्रम संयोजक सुनिल कुमार साहले जानकारी दिनुभएको छ ।
समिक्षा कार्यक्रममा सहभागी विभिन्न धर्मका सहभागीहरुको प्रतिनिधित्व गर्दै परोहा नगरपालिकाका प्रशासकीय अधिकृत देवनाथ यादबले हाम्रो रौतहट जिल्लामा यस्ता कार्यक्रमहरुको कमि रहेकोमा यस्ता कार्यक्रम संचालन भएकोमा आयोजक र सहयोगी संस्थालाई धन्यवाद दिदै यस्ता कार्यक्रमको खांचो रहेकोले अगामी दिनहरुमा पनि संचालन गर्नको लागि आग्रह गर्नु भएको थियो ।
ऋाज सम्पन्न छठको शुभकामना अदान प्रदान कार्यक्रममा विभिन्न धर्मका धर्म गुरुहरु ,मौलाना,पण्डित,बुद्धिष्ट,फादर,ओमशान्ति लगायतहरुले कार्यक्रमलाई सम्बोधन गर्दै भगवान सबैको एउटै भएको त्यसलाई आफ्नो धर्म अनुसार मान्दै आएका विभिन्न धर्मालम्बीहरु एक अर्का संग कांधमा कांध मिलाएर अगाडी बढ्नु पर्ने धारणा राखेका थिए । साथै आज विभिन्न धर्मालम्बीहरु एक अर्कासंग हात मिलाएर अंगालेर छठको शुभकामना दिनु भएको थियो । वहाँहरुले हिन्दु , मुस्लिम , शिख , इशाई लगायतका धर्मावलम्बीहरु एउटै आमाको सन्तान रहेको भन्दै कुनै पनि किसिमले धार्मिक सद्भाव बिग्रिनु नहुने बताउनु भएको छ । सबै धर्मले दिने संदेश एउटै रहेकोले धर्म मान्ने तरिका मात्रैको अलग रहेको भन्दै आपसी मनमुटाव हुन् नदिन सबैलाई आग्रह गर्नु भएको थियो ।

विभिन्न अन्तर धार्मिक विवादको मध्यनजर गर्दै, रौतहट जिल्लाको सवै धर्मका धर्मगुरु, मौलाना, नागरिक अगुवाहरुको सहभागितमा उक्त कार्यक्रम रौतहटको गौर र परोहा नपामा संचालनमा रहेको थियो । समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम संचालनमा रहेको स्थानिय तहमा एक अर्का धर्म प्रति रहेको मनमुटाव समाधान गर्न सफल भएकोले अगामी दिनमा अरु स्थानिय तहमा पनि संचालन हुदा राम्रो हुने जानकारहरुले बताए ।

Recommended For You

Leave a Reply