देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको बिकाश यात्रा , नगरवासी भनछन् मेयरले उत्कृष्ट काम गरे

रौतहट , कार्तिक २४
रौतहट जिल्लाको एक स्थानीय तह देवाही गोनाही नगरपालिकाका मेयरले बिकाश यात्रा सुरु गर्नुभएको छ l मेयर धर्मेन्द्र पटेलले सनिवार आफ्नो नगरपालिका क्षेत्र भित्र सो यात्रा गर्नु भएको हो l गत आर्थि बर्ष भित्र मेयरले गर्नु भएको बिकाशका कामहरुको स्थलगत अनुगमन तथा जनताहरु बीच अन्तरक्रिया गर्ने उदेश्यले सो यात्रा गर्नु भएको हो l नगरपालिका भित्रका आम नागरिक माझ बिकाश पुरुषको छबि बनाउनु भएको मेयर पटेलले सुरु गर्नु भएको बिकाश यात्राको चौतर्फी स्वागत भएको छ l बिकाश यात्राको क्रममा मेयर पटेलले आफ्नो कोष बाट नगर क्षेत्रमा भएका बिकाश योजनाहरुको बारेमा स्थानीयवासिहरुलाई बताउनु भएको थियो l देवाही गोनाही नगरपालिकाको लक्ष्मीनिया बाट सुरु भएको बिकाश यात्रा लक्ष्मीनिया, करुनिया, देवाही , गोनाही , उचिडिह , टिकुलिया,कर्कच , पिपरा , धरहरी सम्म पुगेको थियो l बिकाश यात्राको क्रममा नगरवासीलाई सम्बोधन गर्दै मेयर धर्मेन्द्र पटेलले आफु जनता बाट निर्वाचित रहेकोले पुनः जनताकै बीच आएको प्रतिक्रिया दिनुभएको छ l आफुले नगरपालिकाको बिकाशको लागि आएको बजेटको पूर्ण रूपमा सदुपयोग गरेपनि केहि व्यक्तिहरुले काम नगरेको झुठो हल्ला फैलाएको भन्दै मेयर पटेलले सबैलाई आफुले गरेको कामको स्थलगत अनुगमन गर्न चुनौती पनि दिनुभएको छ l पच्छिल्लो समयमा देवाही गोनाही नगरपालिकाको दोस्रो नगर सभा हुन् नसकेको बिषयमा वहा ले आफु अल्मतमा रहेको र पटक पटक नगर सभा गर्ने तयारी गर्दा समेत वार्ड अध्यक्षहरुको अनावस्यक बार्गेनिङ्गको कारण सभा हुन् नसकेको दाबि गर्नु भएको छ l मेयर पटेलले आफ्नो कार्यकालको पहिलो बर्षमा शिक्षा , सडक तथा मठ मन्दिरहरुमा लगानी गर्नु भएको थियो l यता मेयरको बिकाश यात्रा चलि रहदा आम नगरवासीले मेयर पटेलको प्रसंशा गरिरहेको देखिन्थे l सयौंको संख्यामा रहेका बिकाश यात्राको टीमलाई हरेक टोलमा भब्य स्वागत गरिएको थियो l यसै बीच सोहि नगरपालिकामा भित्र रहेका हफ्सा गर्ल मदर्शाका संचालक मोहम्मद शोयाब मौलानाले नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रसंशा गर्नु भएको छ l वहाले मदर्शामा शिक्षालाई आधुनिकीकरण गर्न मेयर पटेलले खेलेको भूमिकाको समेत प्रशंशा गर्नु भएको छ l गत आर्थिक बर्षमा देवाही गोनाही नगरपालिकाले मदर्शामा कम्पाउण्ड वाल बनाउनु को साथै कम्पुटर र सिलाइ मशिन उपलब्ध गराउनु भएको थियो l

Recommended For You

Leave a Reply