दुर्गा भगवती गाउपालिकाको दलित मैत्री नीति , डोम समुदायको घर बनाइदिने

रौतहट , कार्तिक २४
रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिकाले आफ्नो पालिका क्षेत्र भित्र बसोवास गर्ने दलित समुदायको लागि बिशेस योजना अन्तर्गत काम गर्ने भएको छ l सो गाउपालिका भित्र रहेको कथित तल्लो जाति भनिने डोम जातिको लागि गाउपालिकाले बिशेस नीति लिएको गाउपालिका प्रमुख अरुण साहले बताउनु भएको छ l कथित डोम समुदायको लागि चालु आर्थिक बर्ष भित्रै उपयुक्त जग्गा खरिद गरि उनीहरुको बसोवासको लागि घर समेत बनाइदिने गरि काम अगाडी बढआइएको प्रमुख साहले बताउनु भएको छ l चालु आर्थिक बर्षमा नै गाउपालिका भित्र बस्दै आएको डोम जातिको पहिचान गरि उनीहरुको बासको ब्यबस्था गरिने प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले जानकारी दिनुभएको छ l यस्तै दलित समुदाय भित्रको शिक्षाको बिकाशको लागि पनि काम भैरहेको बताउदै प्रमुख साहले दलित बाल बालिकाहरुलाई बिद्यालय सम्म पुर्याउन र बिधाय्लाय्मा टिकाइ राख्न काम भैरहेको बताउनु भएको छ l

Recommended For You

Leave a Reply