वडाध्यक्ष डिके झा द्धारा छठ व्रतालुलाई साडी

रौतहट । कार्तिक २५ ।
खास गरी तराई मधेसमा विशेष तरिकाले मनाईने आस्था र विश्वासको पर्व छठमा वर्त बस्ने व्रतालुहरुलाई अहिले विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरु साडी , बाँसका समाग्रीहरु वितरण गरिरहेका छन् । कोहि जनप्रतिनिधि निजि पारिश्रमिकबाट त कोहि स्थानिय तहको रकमबाट छठको लागि व्रतालुहरुलाई समाग्री वितरण गरिरहेका छन् । विभिन्न स्थानिय तहमा स्थानिय तहबाट समाग्री वितरण भई रहेको वेला रौतहटको एक जनप्रतिनिधिले आफ्नो वर्ष भरिको पारिश्रमिकले आफ्नो वडाका छठ व्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडाध्यक्ष धर्मेन्द्र कुमार झाले आफु जनप्रतिनिधी भए देखि प्राप्त आफ्नो पारिश्रमिकको रकमबाट मत्सरीका चार सय भन्दा बढी छठ व्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ । आफु जनताको सेवक भएकोले जनताको आवश्यक्ता महसुस गरि छठ पर्वमा व्रत बस्ने व्रतालुहरुलाई साडी वितरण गर्न पाउँदा निकै नै खुशी लागेको वडाध्यक्ष डिके झाले बताउनु भएको छ । छठ पर्वको लागि साडी पाईसके पछि वडामा रहेका दलित र विपन्न वर्गका व्रतालुहरुले यो भन्दा पहिला छठको उपलक्ष्यमा हामी केहि पनि न पाएको र अहिले पाउँदा धेरै खुशी लागेको एक जना दलित व्रतालुले बताए । साडी वितरण भई रहेको ठाउँमा जम्मा भएका व्रतालु मध्ये एक जना वृद्ध व्रतालुले , “डिके मुखिया जी बहुत निमन छत् ,हम सब गरिब छी ,हमरा सबके छठके लेल साडी देलन । छठी माता हुनकरा कल्याण करथ’ भने । डिके मुखिया जी धेरै राम्रो हुनुहुन्छ , हामी गरिबहरुको लागि वहाँ व्रत गर्नको लागि साडी दिनु भएको छठी माता वहाँलाई कल्याण गरुन भने । यति मात्र कहाँ हो र वडाध्यक्ष डिके झाले जनप्रतिनिधि हुनु भन्दा अगाडी देखि लिएर जनप्रतिनिधि भई सके पछि वडा निवासीलाई मात्रै न भएर सके सम्म गाउँपालिकावासीको लागि विगतमा विभिन्न समयमा सहयोग गर्दै आउनु भएको छ । वडावासीहरुको लागि विगतमा हरेक आफत विपद, दुःखको घडीमा सके सम्म आर्थिक सहयोग गरेर ख्याती प्राप्त गर्नु भएको छ । वहाँले गरेको कामहरुलाई स्थानिय वुद्धजिवीहरुले सराहनिय कार्य रहेको बताएका छन् ।

Recommended For You

Leave a Reply