सृजनशिल सिर्सियाँ समाज द्वारा विभिन्न स्तरको उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान

रौतहट , कार्तिक २५
सृजनशिल सिर्सियाँ समाज द्वारा विभिन्न स्तरको उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान गरिएको छ l आइतवार गौर नगरपालिकाको वार्ड नम्बर ९ सिर्सियाँमा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट बिधार्थिहरुलाइ सम्मान गरिएको हो l त्यस्तै सोहि कार्यक्रमको बीच जागिर प्रवेश गरेका युवाहरुको साथै सेवा निवृत व्यक्तित्वलाइ पनि सम्मान गरिएको हो l सृजनशील मनोरञ्जन पुस्तकालय नाम गरिएको पुस्तकालयको उद्घाटन गर्दै उपमेयर ठाकुरले पुस्तकालयको स्थापनाले सम्पूर्ण वार्डवासी लाभान्वित हुने बिस्वास ब्यक्त गर्नु भएको छ l
उक्त कार्यक्रम श्री रामसेवक सिँहके अध्यक्षता तथा श्री प्रकाश कुमार सिँह ले संचालन गर्नु भएको थियो l २०७४ को १० SEE परिक्षामा सिर्सियाँमा उत्कृष्ट अंक ल्याउने हरिओम ठाकुरलाई सम्मान गरिएको हो l वहालाइ श्री रघुवंस प्रसाद राजपुत तथा महासुन्दर देवी प्रथम पुरस्कार रू ५,००० को नगद राशि बात सम्मान गरिएको हो l कार्यक्रममा वडा अध्यक्ष श्री राजेश कु सिँह , श्री सेख समिद,श्री नरेन्द्र प्रसाद सिंह, श्री गगन कुमार सिँह, सुजित ठाकुर, ब्रजेश ठाकुर तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो l कार्यक्रममा सेवा निवृत गगन कुमार सिंहलाइ सम्मान गरिएको हो l

Recommended For You

Leave a Reply