बिभिन्न पार्टी परित्याग गरी सयकडौ नेता कार्यकर्ताहरु राजपा मा प्रवेश

रौतहट , मंशिर ३

राजपा नेपाल रौतहट कटहरीया नगरपालिका अन्तर्गत फतेपुरमा गाउँ समिति अध्यक्ष नन्दलाल सहनी को अध्यक्षतामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मा बिभिन्न पार्टी परित्याग गरी शेख मजरूल हक को नेतृत्वमा सयकडौ नेता कार्यकर्ताहरु प्रवेश गरेका छन।
नवप्रवेशीहरूलाई कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा पूर्व सांसद गोविन्द चौधरी ले फूल माला तथा अविर लगाई पार्टी मा स्वागत गर्नु भएको थियो।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला अध्यक्ष मण्डल का सदस्य तथा प्रदेश सांसद बाबुलाल साह, रहनु भएको थियो। अतिथिहरुमा, केन्द्रीय सदस्यहरू बिणा कुशवाहा, कमलेश सिह, सुन्तलाल चौधरी, ओमप्रकाश जयसवाल, खेना राय, जिल्ला अध्यक्ष मण्डल का संयोजक शेख जमसैद, जिल्ला अध्यक्ष मण्डल का नेता रामप्रवेश दास, अध्यक्ष मण्डल सदस्य हरू गीता कुशवाहा, योगेन्द्र यादव, जिल्ला सदस्य रामाकान्त चौरसिया, रूपनारायण चौधरी लागायतका नेतागणज्यूहरु-को उपस्थिति रहेको थियो। कार्यक्रममा हजारौ जनसहभागिता रहेको थियो।
कार्यक्रम मा स्वागत मन्तव्य जिल्ला सदस्य रामाकान्त चौरसिया ले गरेका थिए भन्ने कार्यक्रम को संचालन सक्रिय नेता उमाकान्त सहनी ले गरेका थिए।
कार्यक्रम मा सवै वक्ता हरूले मधेश र मधेशी को लागि हक अधिकार सुनिश्चित गराउने एकमात्र पार्टी राजपा नेपाल रहेकोले खुलेर राजपा का सदस्यता ग्रहण गर्न आम जनसमुदायहरुमाअनुरोध गर्नु भयो थियो। साथै नेकपा र कांग्रेस का बहुरुपीया मधेसी नेताहरुबाट सचेत रहन आग्रह गर्नु भएको थियो। मधेशीलाई बिकाश होईन अधिकारको आवश्यकता रहेकोले पहिला अधिकार त्यसपछि मात्र बिकाश, बिकास पनि अधिकारसंग जोडिएको बिषय हुनाले यस बिषयमा गम्भीर बन्न आग्रह गरेका थिए।

Recommended For You

Leave a Reply