देवाही गोनाही नगरपालिका जिल्लाको १२ औं खुला दिशामुक्त नगरपालिका घोषणा

रौतहट , मङ्सिर ११
रौतहट जिलाको देवाही गोनाही नगरपालिका खुला दिशामुक्त नगरपालिका घोषित भएको छ l रौतहट को देवाही गोनाही नगरपालिकालाइ मंगलवार एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १२ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा देवाही गोनाही नगरपालिकालाई घोषणा गरीएको हो ।
देवाही गोनाही नगरपालिका स्थित नगरपालिकाको प्रांगणमा समारोह बिच कार्यक्रमका प्रमुख अतिथी जिल्ला सभापति राम एकबाल यादबले खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरेका हुन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती रामएकवाल यादवका साथै उप सभापति राम आशिस यादव , नगर प्रमुख धर्मेन्द्र पटेल , उप प्रमुख पुर्निया देवी , वार्डका वार्ड अध्यक्षहरु , प्रमुख प्रशासकीय अधिकृत , संचारकर्मी , अभियान नेपालका सत्रुधन सिंह , जितेन्द्र कुशवाहा , जान सेवा नेपालका भाग नारायण बैठा लगायतका हरुको उपस्थिति रहेको थियो l

Recommended For You

Leave a Reply