गौर नगरपालिकाको बिद्यालय अनुगमन दोस्रो दिन पनि जारि

रौतहट , मङ्सिर ११
शैक्षिक क्षेत्र सुधारको लागि भन्दै गौर नगरपालिकाले सुरु गरेको बिद्यालय अनुगमनको कामको लगातार दोस्रो दिनपनि निरन्तरता दिएको छ l गौर नगरपालिकाका मेयर अजय गुप्ताको नेतृत्वमा रहेको टोलीले मंगलवार गौर नगरपालिकाको पुरेनवामा रहेको आधारभुत बिद्यालय पुरेनावा र कुन्दवामा रहेको बिद्यालयमा छड्के अनुगमन गरेकोक हो l यस अघि सोमवार पनि सोहि टोलीले नगरपालिका भित्र रहेको जुद्ध उच्च मा बि मा छड्के अनुगमन गरेको थियो l मंगलवार गरिएको अनुगमनको क्रममा बिद्यालयमा कार्यरत शिक्षकहरु नियमित काम मा लागेको पाइएको थियो l यसै बीच अनुगमन टोलीले सबै शिक्षकहरुलाई अनिवार्य रूपमा पोशाक लगाएर आउँ निर्देशन दिएको छ l मेयर गुप्ताले शिक्षाको क्षेत्रमा हुने कुनै पनि लापार्वाही नगरपालिकाको लागि सह्य नहुने भन्दै सबै नियमको पालना गर्न सबैलाई निर्देशन दिनु भएको छ l
अनुगमनको क्रममा गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बिद्यार्थीहरु संग कुरा कानी समेत गर्नु भएको थियो l सो क्रममा गौर नगरपालिकाका शाखा अधिकृत द्द्य शुभाष ठाकुर , अशोक क्षेत्री , गणेश गिरि लगायतका हरुको उपस्थिति रहेको थियो l

Recommended For You

Leave a Reply