गौर नगरपालिका जिल्लाको १४ औं खुला दिशामुक्त नगरपालिका घोषणा

रौतहट , मङ्सिर १५
रौतहट जिलाको गौर नगरपालिका खुला दिशामुक्त नगरपालिका घोषित भएको छ l रौतहटको गौर नगरपालिकालाइ शनिवार एक कार्यक्रमका बिच खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
गौर नगरपालिका स्थित नगरपालिकाको प्रांगणमा समारोह बिच कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य अनिल कुमार झाले नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो l हजारौं को उपस्थिति मा संचालन भएको उक्त घोषणा सभा जिल्लामै अहिले सम्मकै भब्य रहेको थियो l घोषणा सभाका बीच बिभिन्न सांस्कृति झल्किने नृत्यहरु समेत प्रदर्शन गरिएको थियो l नगर प्रमुख अजय गुप्ताको अध्यक्षतामा भएको सभामा प्रदेश सरकारका राज्य मन्त्रि द्द्य योगेन्द्र यादब र डिम्पल झा , जिल्ला सभापति राम एकबाल यादब , प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल , उप सभापति राम आशिष यादव , उधोग बाणिज्य संघ रौतहटका पण्डित जैसवाल, अन्य निर्वाचित जान प्रतिनिधिहरु लगायतका हरुको सहभागिता रहेको थियो l गौर नगरपालिका , युनिसेफ , आर डी सी नेपाल , मिसन साक्षर लगायतका संघ संस्थाहरुको सहकार्यमा सो नगरपालिका खुल्ला दिशामुकता क्षेत्र घोषणा गरिएको हो l कार्यक्रमकोक बीच नगरपालिकाका सरसफाई कर्मी , संचारकर्मी , संघ संस्थाहरुलाई सम्मान गरिएको थियो l

Recommended For You

Leave a Reply