गौरको बि पी चौकमा सुबिधा सम्पन्न शौचालय निर्माण हुने सरसफाई दुत रेवन्त झाको घोषणा

रौतहट ,मङ्सिर १५
मुख्यमन्त्री सरसफाई स्वक्षता अभियान अनतर्गत रौतहट सदरमुकाम गौरमा सुबिधा सम्पन्न शौचालय निर्माण हुने भएको छ l प्रदेश नम्बर २ मा संचालन भैरहेको मुख्यमन्त्री स्वक्षता अभियानमा रौतहटका लागि सरसफाई दुत रेवन्त झाले सो शौचालय बन्न लागेको जानकारी दिनुभएको छ l गौर नगरपालिकाले आयोजना गरेको खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमको क्रममा सम्बोधन गर्दै नेता रेवन्त झाले आफु हरुको पहलमा गौर नगरपालिकाको मधेशी क्रान्ति चौकमा सुबिधा सम्पन्न शौचालय बन्न लागेको जानकारी दिनुभएको छ l चौकमा बन्न लागेको शौचालयमा नुहाउने देखि लिएर हरेक सुबिधा सम्पन्न हुने वहाले बताउनु भएको छl निर्माण हुने भनिएको शौचालय लगभग १६ लाखको लागतमा बन्ने वाहाले जानकारी दिनुभएको छ l

Recommended For You

Leave a Reply