हप्सा गर्ल्स मदरशा भवनको मेयर धर्मेन्द्र पटेल द्वारा उद्घाट


रौतहट , मंशिर १५
रौतहट जिलाको देवाही गोनाही नगरपालिकाको वार्ड नम्बर २ लक्ष्मनियामा रहेको हप्सा गर्ल्स मदरशा भवनको उद्घाटन गरिएको छ l शनिवार एक कार्यक्रमका बीच देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले सो नव निर्मित भवनको उद्घाटन गर्नुभएको हो l मदर्शाका प्रमुख शोयाब मौलानाको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच सम्बोधन गर्दै प्रमुख अतिथि मेयर धर्मेन्द्र पटेलले मदर्शाको बिकाशले मुस्लिम केटीहरुको एक ठुलो समुह लाभान्वित हुने बिस्वाश ब्यक्त गर्नु भएको छ l आफु आफ्नो कार्यकालमा शिक्षाको क्षेत्रमा ब्यापक लगानी गर्न र आमुल परिवर्तन ल्याउन प्रतिबद्ध रहेकको भन्दै मेयर पटेलले बिद्यालय र आधुनिक शैलीका मदरशाहरुको निर्माणले मधेशको शैक्षिक अवश्थामा परिवर्तन आउने बताउनु भएको थियो l हप्सा मदर्शामा करिब ५ सय भन्दा बढी छात्राहरु अध्यनरत रहेको छ l हालै निर्माण गरिएको छात्रावास सहितको भवनको कम्पाउण्ड वाल निर्माणमा देवाही गोनाही नगरपालिकाले गत आर्थिक बर्षमा सहयोग गरेको थियो l

Recommended For You

Leave a Reply